जेठ ०६, २०८१, आइतबार
               

एकैदिन दुई गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

यहाँका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पुर्‍याइएको छ ।

वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलालाई हेलिकोप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको हो ।

तुम्बेवा गाउँपालिका–४ ओलनेकी संगीता बराइली र मिक्लाजुङ गाउँपालिका–४ रबीकी सगुन राईलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी धरान पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्थाका उनीहरु सुत्केरी ब्यथाले च्यापेर स्थानीय स्वास्थ्य संस्था पुगेका थिए । तर स्वास्थ्यकर्मीले प्रसूति गराउन नसकेपछि सुविधासम्पन्न अस्पतालमा लैजान सुझाएका थिए । तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको आग्रहपछि जिल्ला प्रशासन कार्यालयको पहलमा आज दिउँसो हेलिकोप्टरले उनीहरुको उद्धार गरेको हो ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेची राजमार्ग सुचारु भए पनि ग्रामीण क्षेत्रहरु जोड्ने सडकमा सवारी साधन सञ्चालन हुन नसक्दा गर्भवती महिला तथा अस्पताल पुग्नेपर्ने गम्भीर विरामीहरु मारमा परेका छन् । 


कस्तो लाग्यो ?

यो पनि