बैशाख २५, २०८१, मंगलबार
               

बाढी पहिरोमा मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना अझै बेपत्ता

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परि प्रदेश १ मा ६५, वाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ। वेपत्ताको खोजीकार्य जारी छ। बाढीका कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल १८६ वटा पशु चौपाया मरेको जनाइएको छ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन्।


कस्तो लाग्यो ?

यो पनि