बैशाख २०, २०८१, बिहीबार
               

आज कुनकुन प्रदेशमा पानी पर्छ  ?

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक–दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम विभागले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि