जेठ ०४, २०८१, शुक्रबार
               

वर्षाको कारण हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाको कारण हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् ।

सर्केगाड गाउँपालिका–१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए । 

सर्केगाड–२ रिप गाउँमा एक घर भत्किएको छ । सर्केगाड– ४ को साँयामा ११ घरमा क्षति पुगेको छ ।

अदानचुली गाउँपालिका– १ को कल्खेमा पहिरोले तीन घरमा क्षति गरेको छ । दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

अदानचुली गाउँपालिका– ४ मा लौठीका ३० घर पहिरोको उच्च जोखिममा छन् । लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेको वडाध्यक्ष दत विष्टले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि