बैशाख १९, २०८१, बुधबार
               

यी प्रदेशमा छ आज पनि वर्षाको सम्भावना

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ भने केही स्थानमा मैसम थोरै बदली भएको छ ।

त्यस्तै उपत्यका बाहिरका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा भने पहिलेको तुलनामा मौसम परिवर्तन भइ वर्षा र चट्याङसहित हावाहुरीको समेत सम्भावना रहेको छ । त्यसैगरी दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही दिन अघिबाट आएको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ ।


कस्तो लाग्यो ?

यो पनि