मंसिर ०७, २०८१, शुक्रबार
               

महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

कंचनपुरको भीमदत्त नगरपालिका- ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले उनीहरूको उद्दार गरेको हो ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका- ९ मुसेट्टीका एकै परिवारका पाँच जना महाकालीमा पानीको बहाव बढेपछि सोमबार रातिदेखि फसेका थिए । टापुमा फस्नेमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का रहेका थिए ।


कस्तो लाग्यो ?

यो पनि