बैशाख १९, २०८१, बुधबार
               

कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही प्रदेशका उच्च एवं हिमाली जिल्लाहरुमा मौसम परिवर्तन भइ भारी वर्षा र हिमपातसहित चट्याङको सम्भावना रहेको छ ।

केही तराइका जिल्लाहरुमा भने हल्का मौसम सफा देखिएको बताइएको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरु मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि