बैशाख २७, २०८१, बिहीबार
               

३ बालिकामाथि सामूहिक बलात्कार गर्ने पक्राउ

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ३ जना बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

दशैंको टीका लगाएर घर फर्किंदै गरेका तीन बालिकालाई बलात्कार गर्ने ९ जना मध्ये कमलामाई नगरपालिका–५ का २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

दशैंको टीका लगाएर घर फर्किने क्रममा बाटोमा ढुकेर बसेका युवाहरुको समूहले कमलामाई–५ बोझेका तीन जना बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।

बालिकाका परिवारले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफ्न्तकोमा टीका लगाएर फर्किंदा शनिबार राति कमलामाइ नगरपालिका–५ को लब्दाह खोलाको पुलमुनी ९ जना युवाहरूको समूहले सामूहिक बलात्कार गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि