बैशाख १४, २०८१, शुक्रबार
               

युवकसँग मिलेर श्रीमान‍्को हत्या

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

कैलालीको धनगढी उप–महानगरपालिका–७ बेलीमा परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटिएपछि त्यही पुरुषसँग मिलेर आफ्नै श्रीमानकाे हत्या भएकाे खुलेकाे छ । गत शनिबार बिहान २५ वर्षीय रमेश चौधरी मृत भेटिएका थिए । रमेशकाे हत्या उनकै श्रीमती र एक गाउँले युवक मिलेर गरेको प्रहरीले जनाएकाे छ । 

मृतक रमेशको श्रीमती २७ वर्षीया अमृता चौधरी र स्थानीय २९ वर्षीय विष्णु चौधरीले मिलेर हत्या गरेकाे खुलेको प्रहरीले जनाएको छ। कैलाली प्रहरीले रमेशको हत्यामा संलग्न अमृता र विश्णुलाई पक्राउ गरिसकेकाे छ । 

कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार रमेशको हत्याको कारण अमृता र विश्णुबीचको अवैध सम्बन्ध रहेको खुलेको छ।विष्टका अनुसार दुई जनाले रमेशको घाँटी थिचेर हत्या गरी शव करिब डेढ सय मिटर टाढा खुटिया नदीतर्फ फालेका थिए। 


कस्तो लाग्यो ?

यो पनि