जेठ ०८, २०८१, मंगलबार
               

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।

प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए ।

“कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,” उनले भने, “कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।” उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि