बैशाख १३, २०८१, बिहीबार
               

प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान बजेको साइतमा टीका ग्रहण गरेका छन् । 

बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहानको शुभ साइतमा टीका, जमरा ग्रहण गरेको छ । पूर्वराजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि