बैशाख १४, २०८१, शुक्रबार
               

दसैँमा बज्न छाडे पञ्चेबाजा र नौमती

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

पञ्चेबाजा कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन् । बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै सानादेखि वृद्धवृद्धासम्म हुरूकै हुन्थे । बढ्दो आधुनिसँगै पञ्चेबाजा घन्किनै छोडेका छन् । 

पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पन्चेबाजा, नेपाली धार्मिक एबम सांस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजाका बेलामा पञ्चेबाजा बजाइन्छ  ।

पहिलेपहिले छोराछोरीको विवाह सिजनभरि दैनिकजसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो, तल्लोमाल्लो गाउँका मानिसको ओइरो लाग्ने गथ्र्यो । बाजा बजाउनेको व्यवस्था पनि उस्तै राम्रो हुन्थ्यो । पञ्चेबाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती घिनघिन मादलको तालमा उफ्रिउफ्रि नाच्दै रमाइरहेका हुन्थे ।

सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान महसुस हुँदैन थियो । धीत मरून्जेल हेर्थे, रमाउँथे । तर, केही वर्षयता भने बढ्दो आधुनिकतासँगै बिहेवारी तथा चाडबाडमा पञ्चेबाजा बज्नै छाडेको छन् । शिक्षादीक्षा र रोजगारीमा शहर छिर्नेको संख्या बढेसँगै गाउँघरमा पञ्चेबाजाको ध्वनि सुनिन छाडेको छ ।


कस्तो लाग्यो ?

यो पनि