चैत ०६, २०८०, मंगलबार
               

कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

कपिलवस्तुमा हरेक वर्ष दुर्गा बिर्सजनका क्रममा अप्रिय घटना हुने गरेको छ । परार सालसम्म हिंसात्मक झडप भई सर्वसाधारणको ज्यानै जाने गरेको थियो । खासगरी हिन्दु र मुस्लिम समुदायबीच यहाँ साम्प्रदायिक दंगा हुने गरेको छ ।

यसपालि पनि हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गरेका छन् । बडादसैं टीकाको दिन मूर्ति बिसर्जन गरिन्छ । मूर्ति बिसर्जनका क्रममा कृष्णनगरमा सुरक्षा जोखिम हुनेगर्छ । यहाँ दुई समुदायबीच झडप हुने गरेको छ । बडादसैंको मुख्य दिन चाडपर्वको रमझममा हुने यो अप्रिय घटनालाई रोक्न जिल्ला प्रहरी कार्यालयले विशेष सतर्कता रणनीति अपनाएको छ ।

कपिलवस्तु प्रहरी एसपी दानबहादुर कार्कीले सुरक्षाकाे बारेमा यसरी बताए : दुर्गा बिसर्जन हुँदा अधिकांश मान्छेहरुले सीमा क्षेत्रमा मदिरा सेवन गर्ने, गाडीमा, ट्याक्टरमा लोड गरिएका ठूल्ठूला डिजे म्युजिक मुटु हल्लिनेगरी चर्को आवाजमा बजाउने र त्यसकै तालमा मदिरा सेवन गरेका युवाहरु उफ्रिने, जसको कारणले ठाउँ ठाउँमा फरक धर्म संस्कृतिका मान्छेका अगाडि उफ्रेर यो समस्या हुँदो रहेछ ।

त्यसकारण हामीले मुख्य कारको रुपमा रहेको डिजे म्युजिकको तालमा, नशाको सुरमा मान्छेहरु बुरुक बरुक उफ्रेर सज्जनहरु र धार्मिक अनुष्ठानको बीचमा पनि केही बदमास र उट्पट्याङ मान्छेहरु छिरेर बदमासी गर्ने हुँदा डिजे म्युजिक मुख्य कारक देखिएकाले यसलाई रोकेका छौं । स-सानो म्युजिक, भजन कीर्तन गर्न पाइन्छ । तर डिजे नै लगाएर हिन्दी गीत लाउने, कुनै जातजाति, भाषाभाषीलाई जिस्काउने खालको बजाउन नपाइने गरेका छौं । अर्को त्यो अवधिमा मदिरा सेवन गरेका मान्छेहरु नआउन भनेर २४ घण्टालाई रक्सी पसलहरु पनि बन्द गरिएको छ । दुर्गा मूर्ति बिसर्जन रातको समयमा हुँदो रहेछ ।

दिउँसै सम्पन्न गर्ने मिल्ने रहेछ । अपराध गर्ने, बदमासी गर्ने मान्छेहरु रातिको समयमा उच्छृंखल गतिविधि गर्ने हुँदा त्यो कार्यक्रमलाई दिउँसो उज्यालोमै सम्पन्न गर्नेगरी मिलाएका छौं । रुट पनि फिक्स गरेका छौं । एकअर्काबीचमा कन्सन्ट्रेसन नहुने हिसाबले मिलाएका छौं । कृष्णनगरमा मात्रै रेगुगर ड्युटी बाहेकको बाहिरबाट डेढ दुई सय जना जनशक्ति स्थानीय गणहरुबाट मगाएर परिचालित गर्छौं । स-साना गल्लीहरु छन् । धेरै ठाउँमा आवतजावत हुने भएकाले जनशक्ति बढाइएको छ ।

हामीले घटस्थापनादेखि नै सार्वजनिक सवारी, बदमासी गर्ने मान्छेहरु, पहिला बदमासी गरेका मान्छेहरुको अभिलेख, चोरीचकारी गर्ने मान्छेहरुको अभिलेख राखेर त्यस्ता मान्छेहरुमाथि निगरानी राख्ने, गतिविधि हेर्ने, अपराध गरेर भागेकाहरुलाई पक्रिने र सवारी साधनमा छद्म भेषमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरेका छौं । बदमासहरु जम्मा हुने ठाउँमा हेल्प डेस्क राखेर लोकल मान्छे परिचालन गरेका छौं ।

सादा पोशाकमा हाइवेमा क्रस पट्रोलिङ पनि गरिरहेको छ । लोकल ठाउँमा हरेक डिजे पसले, हरेक रक्सी पसलेको पूर्ण अभिलेख छ । बदमासी गरेका/गर्ने  सम्भावना भएका मान्छेहरु, दर्ता नभएका डिजेहरु, रक्सी पसलेहरुलाई कारवाही गरिएको छ ।  टोल टोलका शंकास्पद मान्छेहरु सबैको अभिलेख राखेर सादा पोशाकमा निगरानी गरिरहेका छौं ।


कस्तो लाग्यो ?

यो पनि