असोज ०६, २०८१, आइतबार
               

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो । 

नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्रहरी चांैकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए । 

दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीहरूले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए । 

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन आज (बिहीबार)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थ यात्रीहरूको चहलपहल बढ्न थालेको हो । 

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगीहरू उत्साहित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि