दसैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् ।
नेपालीहरूको महान् चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित देखिएका हुन् । चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरू बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको हो । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भिडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरे पनि कोरोना महामारीपछि व्यवसाय फस्टाउन सकेको छैन । उनले खुल्ला सिमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गरे ।
व्यापारी भट्टले भने, ‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरू बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ, भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भिडभाड बढेको छ, विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचेजस्तो व्यापार हुन सकेको छैन ।’
उपभोक्ता अन्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुसी भाउ बढाएपछि दसैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारि जाने गरेको बताए । उनले चाडबाड सुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको बताए ।
उनले भने, ‘नेपालको बजारमा व्यापारीले आफूखुसी भाउ बढाएपछि दसैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारि जाने गरेका छन्, चाडबाड सुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गर्दछन्, बरु भारतको बजारमा सुपथ मूल्यमा सामान किन्न पाइन्छ ।’
खुल्ला सिमाले धनगढीमा व्यापार घटेपछि व्यापारी चिन्तितनेपाली बजारमा चाडबाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुसी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरू सीमापारि जाने गरेका छन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उनले बताए ।