असोज ०६, २०८१, आइतबार
               

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन् ।

त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भिडभाड कम गर्न, सवारीसाधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

नेपालगन्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर–७ स्थित पिनातपने खोलानजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए । घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि