बैशाख १३, २०८१, बिहीबार
               

मुगुमा भएको बस दुर्घटनामा मर्नेकाे संख्या २३ पुग्यो

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा मर्नेकाे संख्या २३ पुगेकाे छ । ७ महिला र एक बालकसहित २३ जनाकाे ज्यान गएकाे हाे ।  मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मृतककाे सनाखत हुन बाँकी छ भने अन्य २१ जना घाइते भएका छन् । 

घाइतेको अवस्था चिन्ताजनक रहेको हुँदा उद्दारकाे लागि हेलीकाेप्टर बोलाइएकाे छ । प्रजिअ महतले नेपाल फ्ल्याससँग भने-' म घटनास्थलमै छु । घाइतेहरूकाे अवस्था चिन्ताजनक रहेकाे हुँदा हेलीकाेप्टर झिकाइएकाे छ ।' 

अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ । नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको बस दुर्घटना भएको हाे । 


कस्तो लाग्यो ?

यो पनि