बैशाख ०७, २०८१, शुक्रबार
               

मुगुमा बस दुर्घटना हुँदा २२ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १६ जनाकाे घटनास्थलमा र अन्यकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

साथै १७ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ । नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो।

अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ । नेपालगञ्जबाट मुगु गमगढी जाँदै गरेको बस दुर्घटना भएको छ । बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले  जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि