बैशाख २३, २०८१, आइतबार
               

वडा अध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडाअध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुने गरी कुटपिट गरेका हुन् ।

वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।

वडा अध्यक्ष यादवले भने आफूले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफै लागूऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए ।


कस्तो लाग्यो ?

यो पनि