असोज ०६, २०८१, आइतबार
               

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।


कस्तो लाग्यो ?

यो पनि