बैशाख १४, २०८१, शुक्रबार
               

झापामा मासु व्यवसायीको हत्या

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ । बिर्तामोड-५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा-६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गएराति हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको मासु पसलभित्रै हत्या भएको हो । उनको गर्धनमा धारिलो हरियारको चोट रहेको आचार्यले बताए ।

यस्तै, शरिरको अन्य भागमा पनि चोट छ । घटनाबारे जानकारी पाउनसाथ राति १० बजेनै प्रहरी घटना स्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको खोजी भइरहेको आचार्यले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि