असोज ०६, २०८१, आइतबार
               

अछाममा जन्ती बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

अछाममा विवाहमा जन्ती बोकोे बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति पन्चदेवल विनायक नगरपालिका- १ कुइकामा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्व बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२ का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् । 

दुर्घटनामा सवारी चालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । 


कस्तो लाग्यो ?

यो पनि