जेठ ०४, २०८१, शुक्रबार
               

दशैँ मनाउन कैदीबन्दीलाई २५ हजार सहयोग गर्ने

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

बेसीसहर नगरपालिकाले कारागारका कैदीबन्दीलाई दशैँ खर्च स्वरूप २५ हजार सहयोग गर्ने भएको छ । नगरपालिकाले दशैँमा थौरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले चालूतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई उक्त रकम सहयोग गर्न लागेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । कारागारमा बन्दी जीवन बिताइ रहेकाहरू परिवारबाट टाढा रहने भएकोले सबैले सहयोग गरेर उनीहरूको चाडपर्वमा भर्नु पर्ने नगर प्रमुख अर्यालले बताए ।

लमजुङ कारागारमा हाल एक सय जना कैदीबन्दी र दुई नाबालिका रहेका छन् । यीमध्ये ९० जना पुरुष र १० जना महिला कैदीबन्दी रहेको जिल्ला कारागारले जनाएको छ । ५७ जना कैदी र ४३ जना थुनुवा रहेका छन् । ४९ जना पुरुष कैदी र ८ जना महिला कैदी रहेका छन् । त्यस्तै, ४१ जना थुनुवा पुरुष र दुई थुनुवा महिला रहेका छन् ।

नेपाल सरकारले दशैँका लागि  भनेर कैदीबन्दीलाई छुट्टै कुनै पनि सहयोग नगर्ने र दैनिक ६० रुपैयाँ मात्र दिने कारागारका जेलर जगदिश मिश्रले बताए । परिवारमा कुनै पनि आम्दानी नभएका र खेतीपातीसमेत नभएकाहरूका लागि चाडपर्वमा थौरै भने पनि राहत  पुराउन नगरपालिकाले सहयोग गर्न लागेको हो ।

नगरपालिकाले संघीय समानीकरण फुटकर शीर्षकबाट यसका लागि तीन लाख रुपैयाँ बजेट छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत जर्नादन अधिकारीले बताए । 


कस्तो लाग्यो ?

यो पनि