असोज ०६, २०८१, आइतबार
               

कपिलवस्तुमा गोली प्रहार गरी आठ लाख लुटियो

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ ।

बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

गोली प्रहारबाट  प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।


कस्तो लाग्यो ?

यो पनि