असोज ०६, २०८१, आइतबार
               

जनणना : महिलाकाे जनसंख्या अझ बढ्ने आँकलन

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

नेपालमा महिलाकाे जनसंख्या अझ बढ्नसक्ने आँकलन गरिएकाे छ ।  २०६८ काे जनगणना अनुसार मुलुकमा महिलाकाे जनसंख्या ५१ प्रतिशत छ । 

तर,  जन्मदर पुरुषभन्दा महिलाकाे बढी रहेकाे र वैदेशिक राेजगारीमा जानेमा पनि पुरुषकाे जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाकाे जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेकाे हाे ।

जनकपुरधाममा आयाेजित 'जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी'मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले 'यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या  बढी हुनेसक्ने आँकलन'रहेकाे बताए । 

रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुकाे गणना पनि हुन्छ । मुलुक बाहिर गएकामध्ये केहीकाे तथ्यांक छुट्नसक्न जाेखिम पनि रहन्छ । 

पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेकाे उनको भनाइ छ ।

२०६८ को जनगणना अनुसार मुलुककाे जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ।  तर याे जनसंख्या बढेर ३ कराेड ८ लाख पुगेकाे विभागकाे तथ्यांक छ  । यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ ।


कस्तो लाग्यो ?

यो पनि