असोज ०६, २०८१, आइतबार
               

अढाइ करोडको प्रदेशसभा भवनमा छैन शौचालय

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

घर बनाउँदै गर्दा शौचालय कहाँ बनाउने भनेर सुरुमै योजना बनाइन्छ तर, करोडौँ लागतमा बनेकाे प्रदेश १ को प्रदेशसभा भवनमा शौचालय नै नभएकाे पाइएकाे छ । भवन निर्माण गर्दा शौचालयको परिकल्पना नगरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । बैठक हल नजिकै रहेको सचिवालयको शौचालय प्रयोग हुने उनले बताए ।

शौचालय बिनाको अढाइ करोड बराबरकाे भवनको बुधबार मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । दुई करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण भएको नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ ।

भवन निर्माणको ठेक्का स्वामी नारायण निर्माण सेवाले पाएको थियो । सम्झौता अनुसार निर्माण भएको भवनको छानो फाइबरको छ । फाइबरको छाना केही समयअघि परेको असिनाले फुटेको थियो । प्रदेशसभा सचिव पराजुलीका अनुसार छाना फुटे पनि निर्माणकै क्रममा रहेकाले ठेकेदारले मर्मत गरेको बताए। नयाँ प्रविधि प्रयोग गरेको भन्दै उनले पछि छानो फेर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

पराजुलीका अनुसार बैठक हलमा १६ लाख ४३ हजारको फर्निचर जडान गरिएको छ । बैठक हलमा साउण्ड सिस्टम जडान गर्दा १६ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ । आन्तरिक सजावटका लागि मात्रै १७ लाख ७६ हजार खर्च भएको छ । बैठक हलमा २० वटा एसी, ६० वटा पङ्खा पनि जडान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि