असोज ०६, २०८१, आइतबार
               

मनाङका बाढीपीडित तीन महिनादेखि घरबारविहीन

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

लमजुङ । असार १ को बाढीले विस्थापित मनाङका बाढीपीडित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् ।

नासों गाउँपालिका – १ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ । मर्स्याङदीको बाढीले तालगाउँ अहिले बगरमा परीणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

मर्स्याङदीमा आएको बाढीले घर बगाएपछि तालगाउँमा बाढीपीडित अहिले आमा समूहको भवन र आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् ।

तालगाउँकी लक्ष्मी गुरुङ अहिले ताल गाउँमै आमा समूहको भवनमा बस्दै आएकी छन् । उनी भन्छीन्, ‘सरकारले बस्ने घर बनाइदिए, भवन छाडेर जान्थ्यौँ,  बाढीले लक्ष्मीको घरखेत बगरमा परीणत भएको छ ।’

बाढीले बस्ने घर नै बगाएपछि समस्या भएको  बाढीपीडित गंगामाया गुरुङले बताइन् । बाढीपीडितको पुनर्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 


कस्तो लाग्यो ?

यो पनि