असोज ०६, २०८१, आइतबार
               

बुटवलमा यात्रुको सुरक्षाका लागि नागरिक सहायता कक्ष

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

नेपालीहरूको महान चाड वडादशैँ, दिपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले यात्रु नागरिक सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया, बुटवल उपमहानगरपालिकास्थित नयाँ बसपार्क र भैरहवास्थित सिद्धार्थ बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालयबाट तयार पारिएको सुरक्षा योजना बमोजिम चाडपर्वको अवधिमा जिल्लाभित्र आउने र बाहिरिने यात्रुहरूको सुविधा र सहजीकरणलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । वृद्ध–वृद्धा, अपांगता भएका व्यक्ति लगायतका फरक क्षमता भएका यात्रुहरूलाई विशेष ख्याल गरी सहज यात्राको वातावरण बनाउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए । सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीको उपस्थितिमा कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

महान चाड विजया दशमी र दिपावलीको अवसरमा विशेषगरी जिल्लाको विभिन्न स्थान हुँदै भित्रिने र बाहिरिने विभिन्न सवारीसाधनहरूमा सवार गर्ने यात्रुबाट तोकिएको दर रेट भन्दा बढी भाडा असुल उपर भएमा यात्रु सहायता कक्षमा खबर गर्न सकिने छ ।

त्यस्तै कोभिड–१९ को संक्रमण फैलन नदिन सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूले अनिवार्य मास्कको प्रयोग लगायतका स्वास्थ्य सावधानी पालन गरे नगरेको निगरानी गर्ने काम पनि यात्रु सहायता कक्षले गर्नेछ । 

सार्वजनिक सवारीमा यात्रा गर्दा आफ्नो सामान हराएमा वा छुटेमा तत्काल खबर गर्न, सार्वजनिक सवारी साधनहरूमा टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारीसाधन छुटी गएमा खबर गर्न, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुहरूको बहुमुल्य सामानहरू चोरी, लुटपाट भएमा वा हराएमा खबर गर्नका लागि पनि सहायता कक्षा स्थापना गरिएको डिएसपी थापाले बताए ।  

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा कुनै पनि व्यक्तिबाट दुर्व्यवहार भएमा रिपोर्ट गर्न, सार्वजनिक सवारीसाधनहरूमा यात्रा गर्ने महिलाहरू माथि कुनै पनि किसिमले यौनजन्य दुर्व्यवहार भएमा खबर गर्न पनि यसले सहयोग पुर्‍याउने प्रहरीको विश्वास छ । 


कस्तो लाग्यो ?

यो पनि