बैशाख २२, २०८१, शनिबार
               

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

वीरगञ्ज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ ।

हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ ।

कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए ।

‘निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन’, निमित्त कार्यालय प्रमुख शाहले भने,’ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।’ दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् ।

बल्लतल्ल सेवाप्रवाह पुर्याएको कार्यालयको दाबी छ । दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा ८४ हजार रुपैयाँ तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो ।

स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि