असोज ०६, २०८१, आइतबार
               

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

तेह्रथुमको लालीगुराँस नगरपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार बिहान ५ बजे भएको दुर्घटनामा ट्याक्टर चालक २२ वर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।

ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरीचौकी वसन्तपुरका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए ।

चित्रेबजारबाट फुले जाँदै गरेको को २ त ८४३६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी म्याङ्लुङ-७ का दावा सेर्पा र लालीगुराँस-४ का पवन राई घाइते भएका छन् । घाइतेलाई बिपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि