असोज ०६, २०८१, आइतबार
               

ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । शुक्रबार राति खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको सुनकोसीस्थित रसुवाघाटबाट बालुवा लिएर दिक्तेल जाँदै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १९ वर्षीय डिलक्स राईको मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पानीट्यांकीमा गुडिरहेको ट्याक्टर सडकबाट करिब ३५ मिटर खस्दा सह–चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले बताए । 

ट्याक्टरको इन्जिनले किच्दा सह–चालक राईको मृत्यु भएको हो । सह–चालक महेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक डिलक्स दिक्तेल रुपाकोट मझुवागढी  नगरापलिका–४ खाल्लेस्थित मावली घरमा बस्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि