असोज ०६, २०८१, आइतबार
               

ज्येष्ठ नागरिक दिवसका अवसरमा ७१ वृद्धवृद्धा सम्मानित

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

कास्की  । ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासङ्घ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासङ्घ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कार्यक्रमका राष्ट्रिय पारेपकार महासङ्घ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमा बाबा नै इश्वरको रुप रहेको बताए । घरमा रहेका बयोवृद्ध साक्षात देवतातुल्य रहेका जन्मदाता बुबाआमाको सम्मान र सेवा गरे देवता खोज्न कतै जानु नपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बनाउन प्रयासरत रहेको जानकारी दिए ।

कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मधयनजर गर्दै छिट्टै घर घरमै पुगेर वृद्धभत्ता दिने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिए । सङ्गम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय परोपकार महासङ्घ नेपाल वडा एकाइ १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवरलगायतले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबैभन्दा ठूलो सम्मान र उपहार हुने बताए।


कस्तो लाग्यो ?

यो पनि