असोज ०६, २०८१, आइतबार
               

उच्च रक्तस्रावले अछाममा गर्भवतीको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

अछाम । उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका(१ रहफकी पूर्णकला विकको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिइन् ।

९ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशवपीडा भएपछि स्वास्थ्य चौकी लगिएको थियो । उनले बच्चा पनि जन्माउन सकिनन् । उच्च रक्तस्रावले उनको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि