असोज ०६, २०८१, आइतबार
               

याक एण्ड यतीमा भेटिएको शवमा चोट नदेखिँदा मृत्युको कारण खुलेन

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा मृत अवस्थामा भेटिएका कतारी नागरिकको मृत्युको कारण खुल्न सकेको छैन । बुधबार होटलको एक कोठामा शव भेटिएका अब्दुल नासिरको मृत्युको कारण प्रारिम्भक जाँचबुझमा नखुलेको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रामेश्वर पौडेल भन्छन्, ‘बाहिरी चोटपटक देखिएको छैन, भित्रबाट ढोका लगाएको अवस्थामा शव भेटिएको थियो ।’ उनका अनुसार घटनास्थलमा जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई बेलाइएको थियो ।

तर प्रारम्भिक जाँचमा मृत्युको कारण खुलेको छैन । ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ला’ उनले भने । त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले चाहिँ डाइबेटिज भएका उनको उच्च रक्तचापका कारण मृत्यु भएको हुनसक्ने बताएका छन् । 

मृत भेटिएको चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए । तर ढोका नखोलेपछि ‘मास्टर कि’ लिएर ढोका खोलिएको थियो । त्यसक्रममा उनी ओछ्यानमै ढलिरहेको अवस्थामा भेटिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि