बैशाख २०, २०८१, बिहीबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलेको तुलनामा मौसम परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा मौसम सफा देखिएको छ ।

बाँकी जिल्ला र प्रदेशहरुका केही उच्च एवं हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा र चट्याङको पनि सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 त्यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि