असोज ०६, २०८१, आइतबार
               

रुकुम पश्चिममा युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ वर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ वर्षीय महेन्द्र विक, २४ वर्षीय  गोपाल विक, २१ वर्षीय  विष्णु कामी र  २२ वर्षीय  कृष्ण विक रहेको र उनीहरु  फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।

खानेपानी मुहानको विषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ । गाडी जान नसक्ने विकट ठाउँ भएका कारण घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत पठाईएको प्रहरी निरीक्षक शाहीले बताए ।


कस्तो लाग्यो ?

यो पनि