असोज ०६, २०८१, आइतबार
               

याक एण्ड यतिमा कतारी नागरिक मृत फेला

नेपाल फ्ल्यास
असोज १३, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन् । 

होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

बन्द कोठा भित्र उनी मृत फेला परेको एसएसपी सिंहले बताए ।

सेप्टेम्बर २६ मा नेपाल आएका उनी त्यस बेलादेखि नेपालमै थिए । 

घटनाबारे कतारको काठमाडौंस्थित दूतावासलाई पनि जानकारी गराइसकेको एसएसपी सिंहले बताए । 

घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि