काठमाडौँ । कपनबाट अपरहणमा परेको भनिएको चार वर्षीय बालक पियुष शर्मा भारतस्थित विहारमा आफ्नै हजुरबुबाको घरमा भेटिएका छन् । उनलाई भारतीय प्रहरीको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ ।
प्रहरीको अनुसन्धानबाट पियुषलाई विहार पुर्याउने उनैका छिमेकी शंकर दास रहेको खुल्न आएको छ । बालकले शंकरलाई पछ्याउने हुँदा मदिरा खाएको अवस्थामा नै सोमबार अपराह्न ४ बजे शंकरले बालकलाई लिएर भारत पुगेको थियो ।
शंकरले बालकलाई उसैको बाजेकोमा छोडेकाले यसलाई अपहण भनेर भन्न नसकिने प्रहरीले जनाएको छ । तथापि प्रहरीले उनीमथि अनुसन्धान भने गर्ने भएको छ । बिहारमा पियुसका बाजे बस्दै आएका छन् ।