बैशाख २६, २०८१, बुधबार
               

चट्याङ लागेर ४० भेडाबाख्रा मरे

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

गोठीचौर । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति परेको चट्याङ लागेर भेडाबाख्रा मरेका छन् ।

चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए। 

गोठीचौर गाउँपालिका–४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको तथा २ भेडा घाइते भएका छन् ।

यस्तै, मुनबहादुर भण्डारीका ४ भेडा मरेका, २ घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेको, ७ घाइते र देवीप्रसाद अधिकारीका ९ भेडा मरेका र ४ घाइते भएका इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताए ।  

चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि