असोज ०६, २०८१, आइतबार
               

कपनबाट हराएका चार वर्षीय बालक भारतमा भेटिए

नेपाल फ्ल्यास
असोज १२, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक सकुशल भेटिएका हुन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् ।

सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो ।

परिवारले दिनभर खोज्दा नभेटिएपछि मंगलबार शर्माको बुबाले प्रहरीमा खबर गरेका थिए ।

दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।

हालसम्म उनले बालकलाई किन भारत लगे भन्ने खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि