बैशाख १४, २०८१, शुक्रबार
               

विवाह गर्न बोलाएर प्रेमिकाको हत्या

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

दैलेममा मृत भेटिएकाे शवकाे पहिचान भएसँगै हत्याकाे रहस्या खुलेकाे छ । गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेकाे युवतीकाे शव नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ । 

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते प्रेमिका गणेश विकलाई पक्राउ गरेको थियो । 
अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेकाे र आफ्नाे एक छाेरीसमेत भएकाे बताएपछि विवाद भएकाे र अस्मिता खाेलामा हाम फालेकाे बयान दिँदै आएका थिए । 

अस्मिताकाे शव घटनाकाे भाेलिपल्ट भदाै १५ गते बिहान बिउराखेत नजिक भैरीखाेलामा भेटिएकाे थियाे । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले शव खाडल खनी गाडेको थियो ।
अस्मिताले काम गर्दै आएकाे घरबाट भदाै २८ गते दैलेखमा फाेन गरेर साेधेपछि उनकाे खाेजी सुरु भएकाे थियाे । काठमाण्डाैबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेकाे थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेकाे शवकाे फाेटाेसँग दाज्दा उनकाे पहिचान खुलेकाे हाे । 

अस्मिताकाे माेबाइलकाे नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएकाे कल डिटेल्सकाे आधारमा गणेश विकले हत्या गरेकाे खुल्न आएकाे हाे । भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएकाे खुलेको हाे । 


कस्तो लाग्यो ?

यो पनि