असोज ०६, २०८१, आइतबार
               

पशुपतिका ‘बाबा’माथि खुकुरी प्रहार

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताए ।

विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै थिए । एकजना व्यक्ति आएर उनलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा भएको छ ।

हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि