असोज ०६, २०८१, आइतबार
               

अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना युवा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानिएको हो। उनी आइतबार बिहान मात्रै विराटनगर आइपुगेका हुन्। 

खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्। 

प्रहरीले घटनाको थप अनुसन्धानन अघि बढाएको जनाएको छ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था खतरामुक्त रहेका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको श्रेष्ठले बताए। 


कस्तो लाग्यो ?

यो पनि