बैशाख २०, २०८१, बिहीबार
               

फाइजर खोप असोजभित्र नेपाल आउने

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

कोरोनाविरुद्धको फाइजर खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स सुबिधा अन्तर्गत १ लाख ६२० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही असोज महिना भित्र फाइजर खोप नेपाल आइपुग्ने मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । थोरै मात्रा खोप भएका कारण दीर्घरोगी विरामीका लागि उपलब्ध गराइने दाहालको भनाइ छ । 

क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका तथा अन्यलाई प्रकारका कडा रोग भएकालाई सो खोप दिइने छ । फाइजर खोप ५ वर्ष उमेर समुह माथिका बालबालिकालाई दिन मिल्ने भए पनि तत्काल सो योजना नरहेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि