बैशाख २०, २०८१, बिहीबार
               

काेराेनाको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ मात्रा खोप लगाएसँगै ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो ।

यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये ३६३ जनाको आईसीयू र १०९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार ८७५ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि