असोज ०६, २०८१, आइतबार
               

आज चोरी प्रयास भएको श्रीपेच कसले बनाएका हुन् ?

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौंस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच झिक्ने असफल प्रयास गरेका एक पुरुषलाई पक्राउ गरिएपछि श्रीपेचको चर्चा चुलिएको छ । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गका अनुसार शुक्रवार अपराह्ण सङ्ग्रहालय अवलोकन गर्न पुगेका एक पुरुषले श्रीपेच राखिएको शोकेस फुटाउन खोजेका थिए।उनले शोकेस फुटाउने प्रयास गरेपछि सङ्ग्रहालयको सुरक्षामा रहेका नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

श्रीपेच बुलेट प्रुफ सिसामा रहेको र त्यहाँ रहेका विद्युतीय उपकरणले पनि नजिक पुग्न खोजे जनाउ दिने गर्छन् । तत्लीन राजा वीरेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहले लगाएको श्रीपेच नयाँ बानेश्वरका प्रेमलाल श्रेष्ठले २०३१ सालमा बनाएका बताइन्छ। राजतन्त्रात्मक व्यवस्थाको अन्त्यसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले "जनताको नासो" भन्दै सरकारलाई श्रीपेच र राजदण्ड हस्तान्तरण गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि