असोज ०५, २०८१, शनिबार
               

श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौ‌ । शुक्रबार दिउँसो श्रीपेच चोर्ने प्रयास गरेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले आफूलाई राजा घोषणा गर्न चाहेको बयान दिएका छन् । प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको बयान दिएका छन् ।

दरबारमार्ग प्रहरी प्रभागका डीएसपी रामेश्वर पौडेलले भने, ‘आफूलाई राजा घोषणा गर्न चाहेको उसले (घर्ती)ले हामीसँग बयान दिएको छ । थप सोधपुछ जारी । मानसिक अवस्था ठिक नभएको जस्तो बुझिएको छ ।’

शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

यही भीडमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पनि थिए । उनी श्रीपेच राखिएको कोठामा पुगे । त्यहाँ बुलेटप्रुफ सिसाको शोकेसमा श्रीपेच राखिएको छ । खुकुरी पनि शोकेसमा राखिएको छ । र त्यसको सुरक्षामा नेपाली सेनाका पाँचजना सुरक्षाकर्मी खटिएका छन् । उनले भने, ‘त्यहाँ हाम्रो सुरक्षाकर्मी तैनथ हुन्छन् । चोरी हुने सम्भावना छैन ।

तर अवलोकन गर्न सयौँ मानिससँगै आएका उनले (घर्ती) ले खुकुरी राखेको सिसाको शोकेस फुटाल्ने प्रयास गरेपछि हामीले उनलाई नियन्त्रणमा लियौँ।’ घर्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको समेत बयान दिएका छन् । दरबारमार्ग प्रहरी प्रभागका डीएसपी रामेश्वर पौडेलले भने, ‘आफूलाई राजा घोषणा गर्न चाहेको उसले (घर्ती)ले हामीसँग बयान दिएको छ ।

प्रहरीका अनुसार घर्ती वैदेशिक रोजगारको शिलशिलामा बहराइनबाट गत वर्षमात्र नेपाल फर्केका थिए । त्यसयता उनको मानसिक अवस्था ठिक नरहेको उनको परिवारले जनाएको डीएसपी पौडेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि