असोज ०५, २०८१, शनिबार
               

मोहम्मद अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ। आलमले दायर गरेको रिटको सुनुवाइका लागि आजको पेसी तोकिएको थियो । तर सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई  ‘हेर्न नमिल्ने’ मा राखेको हाे ।

आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ। 

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। आलम करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपित हुन् ।


कस्तो लाग्यो ?

यो पनि