चैत १६, २०८०, शुक्रबार
               

बैतडीमा व्यापारी मृत फेला, हत्याको आशंका

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

सुर्नया गाउँपालिका-४ सन्सेरीमाडौँ बजारमा मासु पसल संचालन गर्दै आएका एक व्यापारी मृत भेटिएका बैतडी प्रहरीले जनाएकाे छ । 

सुर्नया-४ लेकडाँडाका स्थानीय रहेका ४५ वर्षीय कमलसिंह महरा आज बिहीबार बिहान पसल नजिकै मृत फेला परेकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  

महराकाे शव स्थानीयले बिहीबार बिहान साढे ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय गणेश भाटका अनुसार मृतकको शव राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको हो । 

मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताए । 

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि