असोज ०५, २०८१, शनिबार
               

असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ गर्न पाइने

नेपाल फ्ल्यास
असोज ०७, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । 

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । 

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए । 

अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जनाए । त्यस्तै, महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

महासंघका महासचिब सिटौलाले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए । 


कस्तो लाग्यो ?

यो पनि